२०७७ असार ४ बिहीबार, एजेन्सी । रुसमा कोरोना भाइरस संक्रमितको संख्या घट्न थालेको छ । रुसले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार रुसमा पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको संख्या ६ सातायताकै सबैभन्दा कम देखिएको छ ।
पछिल्लो २४ घण्टामा रुसमा सात हजार ७९० नयाँ संक्रमित फेला परेका छन् । यसअघि अघिल्लो दिन रुसमा सात हजार ८४३ नयाँ संक्रमित फेला परेका थिए । यो संख्या गत अप्रिल ३० यताकै कम थियो ।
रुसमा कोरोना भाइरसका संक्रमितको संख्या पाँच लाख ६१ हजार ९१ पुगेको छ । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि सात हजार ६६० पुगेको छ ।
रुस संक्रमित संख्याको आधारमा कोरोना भाइरसबाट तेस्रो बढी प्रभावित मुलुक हो । कोरोना भाइरसबाट सबैभन्दा प्रभावित मुलुकको सूचीमा पहिलो स्थानमा अमेरिका र दोस्रोमा ब्राजिल छन् ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
शाहिद : जाे सय फिल्ममा रिजेक्ट भएका थिए
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’