२०७७ भाद्र ३० मङ्गलबार, एजेन्सी । इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा चेल्सीले ब्राइटनविरुद्ध ३-१ गोल अन्तरको जित निकालेको छ । चेल्सीको जितमा जोर्जिन्हो, रीचे जेम्स र कुर्ट जोउमाले एक एक गोल गरेका थिए ।
त्यस्तै ब्राइटनका लागि एक गोल लीनड्रो ट्रोसार्डले गरेका थिए । यस सिजनमा खेलाडी किन्न ठुलो रकम खर्च गरेको चेल्सीले टिमो वेर्नर, काइ हाभेर्टज जस्ता खेलाडीलाई भित्र्याएको थियो । वेर्नरले आफ्नो प्रिमियर लिगको पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए भने हाभेर्टज भने सब्सटिच्युटको रुपमा केहि समय मात्र खेलेका थिए ।
चेल्सीले अब आइतबार लिभरपुलविरुद्ध खेल्दै छ भने ब्राइटनले ईएफएल कप अन्तर्गत पोर्ट्समाउथविरुद्ध खेल्दै छ । गएरातीनै सम्पन्न अर्को खेलमा वोल्भरहम्पटनले शेफिल्ड युनाइटेडलाई २-० गोल अन्तरले पराजित गरेको छ ।
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो