भारतमा काेराेनाबाट एकैदिन १०५४ जनाको मृत्यु

२०७७ भाद्र ३० मङ्गलबार, एजेन्सी । छिमेकी मुलुक भारतको भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट १०५४ जनाको मृत्यु भएको छ । भारतमा कुल मृत्यु हुनेको संख्या ८० हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या ८० हजार ७७६ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ८३ हजार ८०९ जना संक्रमित पुष्टि भएको छ । भारतमा कुल संक्रमित ४९ लाख ३० हजार २३७ पुगेको छ ।

त्यस्तै भारतमा अहिलेसम्म ३८ लाख ५९ हजार ४०० जना निकाे भएका छन् । त्यस्तै ९ लाख ९० हजार ६१ कोरोना संक्रमित बिरामी उपचारत रहेका छन् ।

त्यस्तै भारतमा अहिलेसम्म कुल ५ करोड ८३ लाख १२ हजार २७३ नमुना परिक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा १० लाख ७२ हजार ८४५ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार