के साच्चै पत्ता लागेकै हो त कोभिड –१९ कोे औषधि ?

२०७७ भाद्र ३० मङ्गलबार, अमेरीका । अमेरिकास्थित युनिभर्सिटी अफ पिटर्सवर्ग स्कुल अफ मेडिसिनका वैज्ञानिकहरुले कोरोना भाइरस (कोभिड –१९)लाई निस्क्रिय बनाउने उपचार विधि पत्ता लगाएका छन् ।

फक्स न्युजमा आज छापिएको समाचारअनुसार उनीहरुले सार्स–कोभिड –२ भाइरस निष्क्रिय बनाउने निकै सानो बायोलोजिकल कण विश्वविद्यालयमा आइसोलेटेड गरेका छन् । यो एन्टीबडीको तत्व पूर्ण आकारको एन्टीबडीभन्दा १० गुणा सानो छ र एबी –८ नामक औषधि बनाउन यसको प्रयोग गरिएको छ ।

सार्स–कोभिड–२ को सम्भावित रोकथामका लागि यो औषधिलाई महत्वका साथ हेरिएको छ । रिपोर्टमा उल्लेख भएअनुसार परीक्षणका दौरान मुसा र ह्याम्स्टर्समा सार्स–कोभिड –२ रोकथाम र उपचारका लागि यो औषधि निकै प्रभावकारी देखिएको छ । रिपोर्टका अनुसार यो औषधि मानव शरीरमा नरहने भएकाले यसको नकारात्मक असर पनि पर्नेछैन ।

एबी –८ कोभिड –१९ को उपचारका लागि मात्रै नभएर मानिसलाई सार्स–कोभिड –२ बाट संक्रमणबाट जोगाउन पनि काम लाग्ने सहलेखक जोन मेल्लोर्सको भनाइ छ ।

 

Capture.PNG

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार