२०७७ भाद्र ३० मङ्गलबार, काठमाडौं । नायक प्रदीप खड्का र निर्देशक दिनेश राउतले पहिलो पटक फिल्ममा टिमअप गर्ने भएका छन् ।
सो फिल्म सामाजिक विषयवस्तुमा आधारित हुनेछ । नाम तय नभइसकेको फिल्ममा प्रदीप खड्काले २० लाख पारिश्रमिक बुझेको चर्चा छ । तर, यसमा कुनै सत्यता नभएको निर्देशक राउत बताउँछन् ।
प्रदिप फिल्मलाई लिएर निकै नै उत्साहित रहेका छन् । अहिलेसम्म प्रदिपलाई देखेको भूमिकाभन्दा दर्शकले भिन्न पाउने छन् । फिल्ममा प्रदीपले गाउँले युवकको भूमिका निभाउँदैछन् । विकास सुवेदीले साे फिल्मको स्क्रिप्टमा काम गरिरहेका छन् । कोरोना महामारीपछि छायांकन सुरु हुने फिल्मका लागि अभिनेत्री भने छनोट गरिएको छैन । प्रदीपले यो फिल्मपछि ‘हुतुतु’ फिल्म गर्नेछन् ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो