इजरेलद्वारा यूएई र बहराइनसँग ‘ऐतिहासिक’ सम्झौतामा हस्ताक्षर

२०७७ भाद्र ३१ बुधबार, एजेन्सी । इजरेलले यूएई र बहराइनसँग ‘ऐतिहासिक’ सम्झौतामा हस्ताक्षर गरेको छ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले संयुक्त अरब एमिरेट्स र बहराइनसँग इजरेलले गरेको महत्त्पूर्ण सम्झौतालाई “नयाँ मध्यपूर्वको मिरमिरे बिहानी“ भन्दै प्रशंसा गरेका छन् भन्दै बिबिसीले जनाएको छ ।

इजरेलसँग सम्बन्ध पूर्ण रूपमा सामान्य बनाउन दुई खाडी मुलुकले सम्झौतामा हस्ताक्षर गरेपछि ट्रम्पले त्यस्तो बताएका हुन्।
हस्ताक्षरकर्ता तीनवटै देशले सहमतिलाई ऐतिहासिक भनेका छन्। ट्रम्पले पनि त्यस्तै भनेका छन् जसको प्रशासनले सहमतिका लागि मध्यस्थता गरेको थियो।

सन् १९४८ मा स्थापना भएयता इजरेललाई मान्यता दिने यूएई तथा बहराइन तेस्रो र चौथो अरब राष्ट्र हुन्। अरू देशले पनि यो कदमलाई पछ्याउने ट्रम्पको आशा छ। तर प्यालेस्टिनीहरूले आफूहरूसँगको द्वन्द्वको समाधान नभएसम्म त्यसो नगर्न आग्रह गरेका छन्।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार