एक सय ३७ जना नेपाली मलेसियाबाट फर्कँदै

२०७७ असार ४ बिहीबार, एजेन्सी ।  मलेसियाबाट हिमालन एयरलाइन्सको  पहिलो उडान बिहीबार एक सय ३७ जना नेपाली कामदार बोकेर  भएको छ । हिमालयन एयरलाइन्सको एचनाइन ८९०२ को उडान मार्फत उनीहरु स्वदेश आउँदैछन् । जसमा १२ जना महिला छन् ।

मलेसियाको स्थानीय समय ३:२५ मा मलेसियन विमानस्थलबाट उडेको यो विमान त्रिभुवन विमानस्थलमा ५:३० मा आइपुग्नेछ । मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले सबैको पीसीआर परीक्षण गरेको बताए । ‘मलेसियाबाट उडान सुरु भयो । यसले स्वदेश फिर्न चाहेको नेपालीलाई आशा जोगाएको छ र अधिकांशको टिकट रोजगारदाताले नै व्यहोरेको  छन् ।’ उनले बताए ।

स्वदेश फिर्नको लागि मलेसियाबाट ७ हजार नेपालीले दूतावासमा आवेदन दिएका छन् । ‘कम्पनीले मलेसियाको अध्यागमनबाट एक्जिट पास बनाएकाहरु र नेपाल सरकारले तोकेको प्राथमिकतामा परेकाहरु पहिलो उडानमा छन्,’उनले भने ।

उनले तोकिएको समयमा निरन्तर उडान हुने बताए । ‘टिकट लिने बेला रोजगारदाता वा कामदार आफैंले चेकआउट मेमो  भए/नभएको हेर्नुपर्छ,’ उनले भने ।

शनिबार दोस्रो उडान रहेकाे छ । नेपाल एयरलाइन्सले तीन दिन अगाडि मात्रै टिकट बिक्री गर्नका लागि एजेन्टको व्यवस्था गरेको थियो । मालिन्दो र मलेसियन एयरको टिकट भएकोहरु पनि व्यवसायिक उडानको प्रतिक्षामा छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार