२०७७ भाद्र ३१ बुधबार, एजेन्सी । छिमेकी मुलुक भारतको भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट १,२९० जनाको मृत्यु भएको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या ८२ हजार ६६ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ९० हजार १२३ जना संक्रमित पुष्टि भएको छ । भारतमा कुल संक्रमित ५० लाख २० हजार ३६० पुगेको छ ।त्यस्तै भारतमा अहिलेसम्म ३९ लाख ४२ हजार ३६१ जना ठिक भएका छन् । त्यस्तै ९ लाख ९५ हजार ९३३ कोरोना संक्रमित बिरामी उपचारत रहेका छन् ।
त्यस्तै भारतमा अहिलेसम्म कुल ५ करोड ९४ लाख २९ हजार ११५ नमुना परिक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा ११ लाख १६ हजार ८४२ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो