२०७७ भाद्र ३१ बुधबार, एजेन्सी । रूखसँग विवाह गरेकी एक महिलाले पहिलाे वर्षगाँठ मनाएकी छिन् । उनले जंगलमा गएर वृक्षपतिलाई अंकमाल गरी एनिभर्सरी मनाएकी हुन् । उनीसँग उनका दुईजना साथी पनि एनिभर्सरी मनाउने कार्यक्रममा पुगेका थिए ।
उनले आफ्नो रुख पतिलाई एनिभर्सरी उपहारको रुपमा परम्परागत कागज उपहार दिइन् । त्यहाँ उनीहरुले एल्डर फ्लावरको स्याम्पेन फोडेर एनिभर्सरी मनाएका थिए ।
एल्डर जातको रुखसँग बिहे गरेर आफ्नो थरसमेत परिवर्तन गरेकी केट कनिंघमले आफू र वृक्षपतिबीचको प्रेम निकै गहिरो भएको र कहिल्यै पनि डिभोर्स नहुने दाबी समेत गरेकी छिन् । उनी कहिलेकाहीँ आफ्नो पति रुखलाई भेट्नका लागि हप्तामा पाँच पटकसम्म जंगलमा जाने गरेकी छिन् ।
बेलायतको सेफ्टनस्थित रिमरोज भ्याली काउन्टी पार्कमा रहेको एक रुखसँग उनले गत वर्षको सेप्टेम्बरमा बिहे गरेकी थिइन् । उनकाे घरमा श्रीमान् र दुई छाेराछाेरी छन् ।
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो