कुवेतबाट फर्किएकी एक महिलामा कोरोना संक्रमण

२०७७ असार ४ बिहीबार, काठमाडौं । जेठ २९ गते कुवेतबाट स्वदेश फर्किएकी एक महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । कुवेतबाट फर्किएको २२ वर्षकी महिलामा पनि स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयका स्रोतका अनुसार कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । उनको स्थायी घर चितवन हो  ।

कुवेत सरकारले जेठ २९ गते जहाज चार्टर्ड गरी पठाइदिएको १०२ नेपालीमध्ये उनी पनि एक हुन् । गत आइतबार त्यही समूहकी अर्की महिलामा पनि संक्रमण पुष्टि भएको थियो । उनीहरु भक्तपुरको खरीपाटीस्थित क्वारेन्टिनमा छन् ।

 

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार