जितुलाई यसरी बनाइयो जितबहादुर

२०७७ भाद्र ३१ बुधबार, काठमाडौं । हास्यकलाकार जितु नेपालको वास्तविक नाम जितबहादुर नेपाल हो । सिन्धुपाल्चोकबाट काठमाडौं आएर कलाकारितामा लागेसँगै उनले आफ्नो नाम जितु बनाए ।

यद्यपि, फेरि जितु ‘जितबहादुर’मै फर्किएका छन् । फेसबुकमा आफ्नो नाम (जितु नेपाल)को नक्कली आइडी धेरै बनेका कारण बाध्य भएर आफू वास्तविक नाममा फर्किनु परेको जितुले बताएका छन् ।

हालैमात्र जितुले फेसबुकमा ‘जितबहादुर नेपाल’ नाम परिवर्तन गरिसकेका छन् ।

‘सबैमा नमस्कार, अबबाट मेरो फेसबुक नाम जितुु नेपालबाट पासपोर्ट र नागरिकतामा भएको वास्तविक नाम जितबहादुर नेपाल भएकोले सबैमा जानकारी गराउदँछु’, उनले फेसबुकमा लेखेका छन्, ‘नक्कली आइडीबाट अब कोही पनि नझुक्किनु होला । यो नै मेरो आधिकारिक फेसबुक हो मलाई एड र फलो गर्नुहोला । साथै, सर–सल्लाह र सुझाव पनि दिनुहोला है !’

jit.PNG

 

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार