अमेरिकी–चिनियाँ अर्थतन्त्रलाई छुट्टयाउन पूर्णत असम्भव

  २०७७ असार ५ शुक्रबार, काठमाडौं । (डिकपलिङ) नीतिले अमेरिकी अर्थतन्त्रलाई कमजोर बनाउने धारणा जर्ज वासिङ्टन विश्वविद्यालयका राजनीति शास्त्र तथा अन्तर्राष्ट्रिय मामिलाविद् प्राध्यापक हेनरी फारेल र जर्जटाउन विश्वविद्यालय एडमण्ड ए. वेल्स स्कूल अफ फरेन सर्भिसका प्राध्यापक अब्राहम न्यूम्यानद्वारा लेखिएको फोली अफ डिकपलिङ चाइना नामक अमेरिकी राजनीतिक पत्रिका ‘फरेन अफियर्स’ एक विश्लेषणात्मक आलेखमा बताएका हुन्।

   उनीहरूले आफ्नो लेखमा भनेका छन्, ‘चीनमाथिको जोखिमपूर्ण आर्थिक निर्भरतालाई हटाउन चिनियाँ अर्थतन्त्रसँगको सम्बन्धलाई अलग गरिने सोचसहितको असावधानीपूर्ण प्रयासले त्यो मुलुकलाई मात्र होइन कि बाँकी विश्वलाई पनि स्वस्थ र महत्वपूर्ण आर्थिक सम्बन्ध बिस्तार गर्ने बाटोलाई बन्द गरिदिन्छ।’

‘अमेरिकामा हुवावेको पहुँचलाई अमेरिकी प्रबिधिमा रोक्ने प्रयासको लाभ, जुन रक्षात्मक होस् वा आक्रात्मक जे भए पनि, यसले चिनियाँ प्रतिक्रिया सिर्जना गर्न अग्रसर हुन्छ भन्ने कुरा अमेरिकाले महशुस गरिसकेको छ। यस जोखिम कम गर्न असम्भव देखिएको यस पहिल्यै प्रस्ट भइसकेको छ’, उनीहरूको भनाइ छ।

लेखमा भनिएको छ, ‘वैदेशिक व्यवसाय तथा मुलुकहरूले अमेरिकाको अर्थतन्त्रसँगको सम्पर्कलाई सीमित राखी जोखिमलाई कम गर्न सक्ने निर्णय गर्न सक्छन्।’

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार