जर्मनी लिग बुण्डेसलिगामा बायर्न म्युनिखले शानदार शुरुवात गरेको छ । बायर्नले लिगको उद्घाटन खेलमा गोलको बर्षा गरेको छ ।गएराती सम्पन्न लिगको पहिलो खेलमा बायर्नले शाल्केलाई ८-० गोल अन्तरले पराजित गरेको छ ।
बायर्नको जितमा सेर्गी ग्नार्बी;ए ह्याट्रिक गरेका छन् भने लेओन गोरेटज्का, रोबेर्ट लेवानडोस्की, थोमस मुलर, लिरोय साने र जमल मुसीआलाले एक एक गोल गरेका छन् ।
यस खेलमा म्यानचेस्टर सिटीबाट बायर्न पुगेका लिरोय सानेले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले एक गोल २ असिस्ट र ५ महत्वपूर्ण पास दिएका थिए ।
अब बायर्नले युइएफए सुपर कपको फाइनलमा सेभियासँग सेप्टेम्बर २५ मा खेल्दै छ । सुपर कप च्याम्पियन्स लिग विजेता र युरोपा लिग विजेताबीच हुने गर्दछ ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो