२०७७ आश्विन ४ आइतबार, एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) सिजन २०२० को पहिलो खेलमा साविक विजेता मुम्बईलाई पराजित गर्दै चेन्नई सुपर किंग्सले विजयी सुरुवात गरेको छ । युएईको अबुधाबीमा शनिबार भएको उद्घाटन खेलमा चेन्नईले मुम्बईलाई ५ विकेटले पराजित गरेको हो ।
मुम्बई इण्डियन्सले दिएको १६३ रनको लक्ष्य पछाएको चेन्नईले १९.२ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । चेन्नईका लागि अम्बाती रायडूले सर्बाधिक ७१ रन बनाए भने फाफ डुप्लेसीले ५५ रन बनाए । त्यस्तै साम कुरानले १८ र रविन्द्र जडेजाले १० रन बनाए ।
यस अघि मुम्बई इण्डियनले चेन्नई सुपर किंग्सलाई १६३ रनको लक्ष्य दिएको थियो । टस हारेर पहिला ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर १६२ रन बनाएको हो । आइपिएल अन्तर्गत दोस्रो खेल आज दिल्ली क्यापिटल र किंग्स इलेभेन पंजावबीच हुँदैछ ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’