म्यानचेस्टर युनाइटेडको नयाँ सिजनमा खराब सुरुवात

२०७७ आश्विन ४ आइतबार, एजेन्सी । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले नयाँ सिजनमा खराब सुरुवात गरेको छ । लिगको पहिलो खेलमा युनाइटेड क्रिस्टल प्यालेससँग पराजित भएको छ ।

घरेलु मैदानमा भएको खेलमा युनाइटेड ३-१ गोल अन्तरले पराजित भएको हो । क्रिस्टल प्यालेसको जितमा विलफ्राइड जाहाले २ गोल गरेका थिए भने एन्ड्रोस टाउनसेन्डले एक गोल गरेका थिए । त्यस्तै युनाइटेडका लागि डोनी भान डे बीकले एक गोल फर्काएका थिए ।

योसँगै युनाइटेडले प्रिमियर लिगको इतिहासमा तेस्रो पटक पहिलो खेलमा हार बेहोरेको छ । यस अघि सन १९९२-९३ र २०१४-१५ सिजनको पहिलो खेलमा हार बेहोरेको थियो ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार