२०७७ आश्विन ४ आइतबार, एजेन्सी । छिमेकी मुलुक भारतको भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ११ सय ३३ जनाको मृत्यु भएको छ । योसँगै भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या ८६ हजार ७५२ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ९२ हजार ६०५ जना संक्रमित पुष्टि भएको छ । भारतमा कुल संक्रमित ५४ लाख ६२० पुगेको छ । त्यस्तै भारतमा अहिलेसम्म ४३ लाख ३ हजार ४४ जना ठिक भएका छन् । त्यस्तै १० लाख १० हजार ८२४ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।
त्यस्तै भारतमा अहिलेसम्म कुल ६ करोड ३६ लाख ६१ हजार ६० नमुना परिक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा १२ लाख ६ हजार ८०६ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’