आइपिएलमा आज दिल्ली र पञ्जाब भिड्दै, सन्दीपको सम्भावना कति ?

२०७७ आश्विन ४ आइतबार, एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत दोस्रो खेलमा आज दिल्ली क्यापिटल्स र किंग्स इलेभेन पञ्जाबबीच प्रतिस्पर्धा हुँदैछ ।दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार पौने ८ बजे सुरु हुनेछ ।

नेपालका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्लीलाई अनुभवी स्पिनरका कारण बलियो मानिएको छ । विश्व चर्चित लिग आइपिएलमा सन्दीपले लगातार तेस्रोपटक खेल्न लागेका हुन् । तर, सन्दीपले पहिलो खेलमा मौका पाउँछन् कि पाउँदैनन् भन्ने कौतुहलता बढेको छ ।

आइपिएल खेल्न सन्दीप क्यारिबियन प्रिमियर लिग (सिपिएल)बाट सेप्टेम्बर १४ मा दुबई पुगेका थिए । आइपिएलको सबै प्रोटोकल पूरा गर्दै सन्दीप पहिलो खेलअघिको अन्तिम प्रशिक्षणमासमेत सामेल भएका थिए । क्रिकेट विश्लेषकले पहिलो खेलमा सन्दीपले मौका पाउने बलियो सम्भावना रहेको बताएका छन् ।

क्रिकइन्फो, स्पोर्ट्सकिडा, टाइम्स अफ इण्डिया जस्ता मिडियाका क्रिकेट विश्लेषकले सन्दीपले पन्जाबविरुद्धको खेलमा स्थान बनाउने बताएका छन् ।

दिल्लीमा यसपटक निकै सन्तुलित टिम रहेको छ । उद्घाटन खेलमा चेन्नई सुपर किङ्गसले मुम्बई इन्डियन्सलाई हराउँदै विजयी सुरुवात गरेको थियो ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार