२०७७ आश्विन ५ साेमबार , एजेन्सी । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुल विजयी भएको छ । आइतबार राति सम्पन्न खेलमा लिभरपुलले चेल्सीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
लिभरपुलको जितमा दुवै गोल साडियो मानेले गरेका हुन् । मानेले खेलको ५० र ५४औ मिनेटमा गोल गरेका हुन् । खेलमा पहिलो हाफको अन्तिम मिनेटमा चेल्सीका आन्द्रेज क्रिस्टेनसेनले रातो कार्ड पाएपछि चेल्सी १० खेलाडीमा सिमित भएको थियो । साथै चेल्सीका लागि खेलको ७५औ मिनेटमा जर्जिन्होले पेनाल्टी मिस गरेका थिए ।
यो जितपछि लिभरपुलले प्रिमियर लिगमा लगातार दोस्रो खेल जितेको छ भने चेल्सीले पहिलो खेलमा जित हासिल गरेपनि दोस्रो खेलमा हार बेहोरेको छ ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’