२०७७ आश्विन ५ साेमबार, काठमाडौं । अभिनेत्री पायल घोषले निर्देशक अनुराग कश्यपलाई यौन शोषणको आरोप लगाएदेखि नै मानिसहरू निर्देशकमाथि खनिइरहेका छन् ।
अनुरागले स्पष्ट पारेका छन्–‘ममाथि लगाइएका यी सबै आरोपहरु आधारहीन छन् ।’ उनले प्रेसनोट जारी गरेर अर्को कडा कदम चालेका छन् । यो कथन अनुरागका वकिल प्रियंका खेमानीद्वारा जारी गरिएको छ ।
अनुरागले सोशल मिडियामा लेखेका छन् : ‘मेरो वकिल प्रियांका खेमानीले मेरो बयान लिएका छन् ।’ यस कथनका अनुसार प्रियंकाले अनुरागको पक्ष लिएका छन् ।
प्रियांका भन्छन्– ‘उनका ग्राहकमाथि यौन दुर्व्यवहारको गलत आरोपले चोट पुर्यायो । यी सबै आरोपहरू गलत, दोषपूर्ण छन् । यो दुःखको कुरा हो । मीटू जस्ता सामाजिक आन्दोलनको दुरुपयोग र कसैलाई दुर्व्यवहार गर्ने उपकरणको रूपमा दुरुपयोग गरिएको छ ।’
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’