२०७७ आश्विन ६ मङ्गलबार, एजेन्सी । बलिउड निर्देशक अनुराग कश्यपविरुद्ध याैन शाेषणकाे उजुरी दर्ता नभएपछि कलाकार पायल घाेषले राष्ट्रिय महिला आयोगसम्म पुग्ने भएकी छिन् ।
घाेषलले आइतबार राती अबेरसम्म ओशिवारा थानामा उजुरी दर्ताको प्रयास गरेकी थिइन् तर प्रहरीले उजुरी लिन नमानेपछि पायल राष्ट्रिय महिला आयोगसम्म धाउने भएकी हुन् । आयोगकी अध्यक्षले यसअघि नै पायललाई उजुरी दिन भनिसकेकी छिन् ।
पायलका वकिल नितिन सतपूतेले थानामा कोही महिला अधिकारी नभएको र घटना वर्सोवा पुलिस स्टेशनको अधिकार क्षेत्रमा भएको भन्ने कुराहरु गरेर उजुरी दर्ता नभएको बताए ।
यद्यपि अनुरागले भने उक्त आरोपकाे खण्डन गर्दै आइरहेका छन् । ‘ममाथि लगाइएका यी सबै आरोपहरु आधारहिन छन्’ , अनुरागले भनेका छन् । उनकाे पक्षमा केही अभिनेत्रीहरु समेत उभिएका छन् ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक