२०७७ आश्विन ६ मङ्गलबार, काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु प्रकरणको आज बैठक बस्दै छ । सो बैठकमा सुशान्तको हत्या भएको हो या उनले आत्महत्या गरेका हुन् भन्ने कुराको छानबिन हुँदैछ ।
सुशान्तको मृत्यु प्रकरणमा सीबीआईले आज एम्सको टोलीसँग बैठक गर्ने भएको हाे । बैठक दिल्लीमा हुने छ । त्यहाँ सुशान्तको भिसेरा र शव परीक्षण रिपोर्टको बारेमा बैठक बस्न लागेको हो । बैठकमा अनुसन्धानको आधारमा सुशान्तको बारेमा मेडिकल राय तयार गरिने विश्वास रहेको छ ।
अभिनेता सुशान्तको मृत्यु आत्महत्या हो वा हत्या थियो । यसको पनि आज छानविन हुने छ । सुशान्तको भिसा दिल्लीको एम्समा पुनः परीक्षण गरिएको छ । सुशान्त सिंह राजपूतले १४ जुनमा बान्द्राको फ्ल्याटमा आत्महत्या गरेका थिए । सुशांतको आत्महत्याको खबरले बलिउडमा ठूलो तहल्का नै मच्चाएको छ । अभिनेताको परिवारले भनेका छन् – सुशान्तले आत्महत्या गरेको होइन्, उसका हत्या भएको हो ।
सशान्तको परिवारले रिया चक्रवर्तीलाई यस मुद्दाको मुख्य अभियुक्त ठहराएका छन् ।
ट्रेन्डिङ
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’