कतारमा आममाफी पाएका ४३ नेपाली स्वदेश आइपुगे

२०७७ असार ५ शुक्रबार, काठमाडौं । कतारमा आममाफी पाएका ४३ नेपाली कामदार नेपाल आइपुगेका छन् । कतार एयरवेजको विमानमा उनीहरू शुक्रबार दिउँसो त्रिभुवन विमानस्थल झरेका हुन् ।

इदका अवसरमा आममाफी पाएका नेपालीलाई कतारले आफ्नै खर्चमा नेपाल पठाएको जनाएको छ । दिउँसो साढे १२ बजेतिर आइपुगेको क्युआर ३२३४ नम्बरको सोही उडानमा २० नेपालीको शव पनि ल्याइएको छ । ६ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका थिए । १० जनाको परिवारको सहमतिमा कतारमै अन्त्येष्टि गरिएको दूतावासले जनाएको छ ।

शुक्रबार शव ल्याइएकामा बर्दियाका शुकराम थारु, सर्लाहीका अरुणकुमार पञ्जीपुर, मस्तक सैक र मनोज पासवान, महोत्तरीका शिवकुमार राउत र अनिल चौधरी, मकवानपुरका जितेन्द्र थापामगर,धनुषाका चाउतारवा मण्डल खत्वे, सिराहाका काशीनन्द्र यादव र रुपेशकुमार मण्डल, कपिलवस्तुका मोहम्मद अलामा मुसलमान, रुपन्देहीका यमबहादुर थापा, लमजुङका कुम्बा तामाङ, बाँकेका भक्तबहादुर थापामगर, सप्तरीका राजेन्द्रप्रसाद मण्डल छन् ।

 

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार