२०७७ असार ५ शुक्रबार, काठमाडौं । नेपालमा लकडाउन खुकुलो भएसंगै चाेकचाेकमा अत्यधिक भिड बढ्दै गएकाे देखिन्छ तैपनि काठमाडौँ आफ्नो पूर्ववत दैनिकीमा फर्किसकेको छैन । त्यससंगै संक्रमितको संख्या पनि बढेको छ । करीब तिन महिना लामो लकडाउनपछि सरकारले बिस्तारै यसलाई खुकुलो बनाइसकेकाे छ । पछिल्लो समयमा देखिएकाे भिडभाडमा मानिसले सामाजिक दुरीमा बेवास्ता गरेकाे र त्यससंगै मास्ककाे पनि उचित ढङ्गले उपयोग नगरेकाे देखिन्छ । कोरोना महामारी बढ्दै गएपछि सरकारी संयन्त्र पुनः देशव्यापी लकडाउन गर्ने तयारीमा रहेकाे स्रोतकाे दाबी छ ।
देशव्यापी लकडाउन नलगाए परिस्थिति भयाबह बन्ने सरकारी आंकलन छ । देशका मुख्य सहरहरूमा मानिसहरूले सतर्कता अपनाउनुको साटो झन् जोखिम पैदा गरेको सरकारी निष्कर्षले जनाएकाे छ ।
असार मसान्त पहिले नै लकडाउन गर्ने कि ,पछि गर्ने भन्ने बारेमा केहि अन्योलता रहेकाे स्रोतको भनाइ छ । निजि क्षेत्रलाई असार मसान्तसम्म समय दिएर आर्थिक कारोबार बढाउनुपर्ने केहीको निष्कर्ष छ भने केहीको आर्थिक सम्वृद्धि भन्दा पहिले जनताको ज्यान ठुलो भएको निष्कर्ष छ । असार महिना आर्थिक वर्षको अन्तिम महिना भएको हुँदा सरकार तथा निजी क्षेत्रले हिसाब मिलान गर्नका लागि लकडाउन खुकुलो बनाइएको समेत स्रोतको दाबी छ ।
हाल पर्याप्त राजश्व संकलन नहुँदा सरकारलाई खर्च चलाउन समेत मुस्किल पर्दै गएको अर्थमन्त्रीले नै बताउनु भएकाे छ। यसैका लागि पनि असार मसान्तसम्म खुकुलो पर्नुपर्ने बाध्यता देखिन्छ । संक्रमितको संख्या सात हजार नाघेको अवस्थामा पनि लकडाउन खुकुलो भएकोमा सरकारको आलोचना भइरहेको छ ।
असार मसान्तसम्म अर्थतन्त्रले गति लिने भएकोले लकडाउन पुनः सुचारु गर्ने तयारीमा सरकार लागेको सरकारी स्रोतको भनाइ छ । अबको लकडाउन विगतको जस्तै गर्ने कि, अझै कडा गर्ने वा मोडालिटी परिवर्तन गर्ने भन्ने सन्दर्भमा छलफल चलिरहेको स्रोतको दाबी छ।
ट्रेन्डिङ
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’