भारुको विनिमयदर परिवर्तन

२०७७ असार ५ शुक्रबार, काठमाडौं ।  नेपालको अतिक्रमित भूमिउपरकाे दाबीलाई संवैधानिक रुपमा मान्यता दिएपछि यतिबेला नेपाल र भारतबीचको सम्बन्ध चिसिएको छ । नेपालले आफ्नो दाबी गरे पनि भारतको नियन्त्रणमा रहेको लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रलाई आफ्नो नक्सामा राख्नेगरी नेपालले चालेको कदमपछि सीमा विवादको सम्बन्धमा भारतले नेपालसँग वार्ता गर्ने सम्भावना सकिएको भनेको छ ।

सन् १९५० को नेपाल भारत सन्धी पुनरावलोकन गरेर खुला सीमाना बन्द गर्नुपर्ने तथा भारतीय मुद्रासँग नेपाली मुद्राको स्थिर विनिमयलाई समेत अन्त्य गर्नुपर्ने माग उठेकाे छ । अहिले भारुसँगको विनिमयलाई अरु मुद्राजस्तै गतिशील बनाएर भारतसँगको विशेष सम्बन्ध तोड्नुपर्ने माग समेत उठेकाे छ । अहिले भारतसँग नेपालको विनिमयदर १.६० रुपैयाँ छ ।  नेपालले सबैजसो विदेशी व्यापारमा सम्बन्धित देशको नोट वा डलर तिरेर कारोबार गर्छ ।

नेपालको कुल व्यापारमा अहिले भारतको हिस्सा करिब ६० प्रतिशत छ । यो करिब १० खर्ब रुपैयाँ बराबरको हो । तर, यसरी आउने १० खर्ब रुपैयाँ बराबरको सामानको भुक्तानीका लागि यसरी नै स्रोत जुटाएको छ ।

नेपालसँग विनिमयदर परिवर्तन गर्ने ४ वटा विकल्प हुन्छ । बिनिमयदरलाई अहिलेकै अवस्थामा स्थिर राख्ने, मुद्राको अवमूल्यन गरेर मूल्यलाई १.६० भन्दा माथि पुर्याउने, मूल्यलाई अधिमुल्यन गरेर १.६० भन्दा कम गर्ने र गतिशील विनिमयदर कायम गर्ने ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार