२०७७ आश्विन ७ बुधबार, काठमाडौं । टर्कीले संयुक्त राष्ट्रसंघ (युएन)मा जम्मु–काश्मिरको मुद्दा उठाएको छ । तर, भारतले भने टर्कीले आन्तरिक मामिलामा दखल दिएको भन्दै आपत्ति जनाएको छ ।
संयुक्त राष्ट्रसंघको ७५ औं वर्षगाँठको अवसरमा आयोजित बैठकलाई भिडियो सन्देशमार्फत् सम्बोधन गर्दै टर्कीका राष्ट्रपति रेचेप तैयप अर्दोआनले दक्षिण एसियामा शान्ति र स्थीरताका लागि जम्मु–कश्मीर मुद्दा सुल्झाउनुपर्ने बताए ।
भारतले जम्मु–काश्मिरको विशेष राज्यको दर्जा खोसेकाले स्थिति जटिल बनेको उनले बताएका छन् । अर्दोआनको यो टिप्पणीप्रति भारतले भने आपत्ति जनाएको छ ।
संयुक्त राष्ट्रसंघमा भारतका प्रतिनिधि टिएस त्रिमूर्तिले भने, ‘भारतको केन्द्र शासित प्रदेश जम्मु–कश्मिरप्रति हामीले राष्ट्रपति अर्दोआनको टिप्पणी देख्यौं । यो भारतको आन्तरिक मामिलामा हस्तक्षेप हो ।’
एक दिनअघि पनि पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशीले संयुक्त राष्ट्रसंघमा जम्मु–कश्मिरको मुद्दा उठाएका थिए । भारतले गत वर्ष अगष्टमा जम्मु–कश्मिरको विशेष राज्यको दर्जा खोसेको थियो र पूरै राज्यलाई दुई केन्द्रशासित प्रदेशमा विभाजन गरेको थियो ।
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो