२०७७ आश्विन ८ बिहीबार, एजेन्सी । बलिउड अभिनेता नवाजुद्दीन सिद्दिकीबाट लामो समयदेखि अलग बस्दै आएकी उनकी श्रीमती आलियाले बुधवार उनीविरुद्ध मुम्बईको वर्सोवा पुलिस स्टेशनमा उजुरी दर्ता गरेकी छन् ।
त्यसमा उनले नवाजुद्दीनमाथि बलात्कार र ठगीको आरोप लगाएकी छन् । आलियाले बुधवार दिउँसो पुलिस स्टेशनमा एक लिखित उजुरी दिएकी हुन् ।
आलियाले गएको हप्ता अर्को एक उजुरीको शिलशिलामा उत्तर प्रदेशको मुजफ्फरनगरस्थित बुढाना पुलिस स्टेशनमा आफ्नो बयान दिएकी थिइन् ।
उनले नवाजुद्दीन र उनको परिवारका चार सदस्यविरुद्ध उजुरी दिएकी थिइन् । त्यस्तै, उनले पिंकविलासँगको एक अन्तर्वार्तामा आफूलाई नवाजुद्दीनले विवाहको समयदेखि नै मानसिक तनाव दिने गरेको बताएकी छिन् ।
उनले भनेकी छन्, ‘म नवाजुद्दीनलाई २००३ देखि चिन्छु । हामी एकसाथ बस्न थालेका थियौं । उनका भाइ शमास पनि हामीसँगै बस्थे । विस्तारै हामीबीच प्रेम भयो र विवाह गर्याैं । सुरुवातदेखि नै हामीबीच समस्या उत्पन्न भइरहन्थ्यो । यो चाँडै बन्द हुनेछ भन्ने लागेको थियो । तर, १५–१६ वर्षमा पुग्दा पनि मेन्टल टर्चर भने बन्द भएन ।’
विवाहपछि पनि नवाजुद्दीनले अर्कै युवतीलाई डेट गरेको उनले बताएकी छिन् ।
ट्रेन्डिङ
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’