२०७७ आश्विन ९ शुक्रबार, एजेन्सी । जर्मन क्लब बायर्न म्युनिखले सिजनको पहिलो उपाधिको रुपमा युइएफए सुपर कपको उपाधि जितेको छ । युरोपा लिग विजेता सेभियामाथि संघर्षपूर्ण जीत निकाल्दै च्याम्पियन्स लिग विजेता बायर्न म्युनिखले यूईएफए सुपरकपको उपाधिमाथि कब्जा जमाएको हो ।
पहिलो पटक फ्यानहरुलाई मैदान प्रवेश गर्ने अनुमति दिइएको युरोपन खेलमा १५, १८० दर्शकसामु बायर्नले २–१ को जीत हासिल गर्न सफल रह्यो ।युइएफए सुपरकप च्याम्पियन्स लिग विजेता र युरोपा लिग विजेताबीच हरेक बर्ष खेलिने गर्दछ ।
निर्धारित ९० मिनेटको खेलमा दुवै टिमबाट १-१ गोल भएपछि खेल अतिरिक्त समयमा गएको थियो । बायर्नका लागि खेलको १०४ मिनेटमा जाभी मार्टिनजले निर्णायक गोल गरेका थिए । योसँगै बायर्नले दोस्रो पटक सुपर कप जितेको छ । यस अघि २०१३ मा बायर्नले यो उपाधि जितेको थियो ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’