काेराेना जितेका प्रख्यात गायक बालासुब्रमण्यमको निधन

२०७७ आश्विन ९ शुक्रबार, काठमाडौं । भारतका प्रख्यात गायक एसपी बालासुब्रमण्यमको ७४ वर्षको उमेरमा आज (शुक्रबार) निधन भएको छ ।

उनकाे चेन्नईको एक अस्पतालमा मृत्यु भएकाे भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

बालासुब्रमण्यमा ५ अगस्टमा कोरोना पोजेटिभ देखिएको थियो । चेन्नईको एक निजी अस्पतालमा उपचारपछि १३ सेप्टेम्बरमा उनको रिपोर्ट नेगेटिभ आएपनि पछिल्ला दिनहरुमा उनको स्वास्थ्य अवस्था बिग्रिँदै गएको थियो ।

बलिउडमा बालासुब्रामण्यमको स्वरलाई सलमानको खानको भनेर चिनिन्थ्यो । आफ्नो करियरमा उनले विभिन्न भाषामा ४० हजार बढी गीत गाएका छन् भने ६ पटक नेशनल अवार्ड जितेका छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार