२०७७ आश्विन १० शनिबार, काठमाडौं । छिमेकी मुलुक भारतको भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार पछिल्लो २४ घण्टामा ८५ हजार ३६२ जना संक्रमित पुष्टि भएको छ । योसँगै भारतमा कुल संक्रमित ५९ लाख ३ हजार ९३३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट १०८९ जनाको मृत्यु भएको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या ९३ हजार ३७९ पुगेको छ ।भारतमा अहिलेसम्म ४८ लाख ४९ हजार ५८५ जना निकाे भएका छन् भने ९ लाख ६० हजार ९६९ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।
त्यस्तै भारतमा अहिलेसम्म कुल ७ करोड २ लाख ६९ हजार ६७५ नमुना परिक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा १३ लाख ४१ हजार ५३५ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो