२०७७ आश्विन १२ साेमबार, काठमाडौं । इन्डियन प्रिमियर लिग आइपिएलमा अर्का ब्याट्सम्यान मयांक अग्रवालले सतक बनाएका छन । राजस्थान रोयल्स विरुद्धको खेलमा किंग्स इलेभेन पंजावका अग्रवालले सतक बनाएका हुन ।
४५ बल खेल्दा ओपनर ब्याट्सम्यानले सय रन पूरा गरेका थिए । सतक बनाउने क्रममा ९ चौका र ७ छक्का सामेल थियो । सतक सँगै उनी १०६ रन बनाएर क्याच आउट भए । जारी लिगमा पंजावकै कप्तान समेत रहेका लोकेश राहुलले पहिलो सतक बनाएका थिए ।
जारी खेलमा पंजावले राजस्थानलाई २२४ रनको लक्ष्य पेश गरेको छ । निर्धारित २० ओभरमा २ बिकेटको क्षतिमा पंजावले २२३ रन बनाए पछि राजस्थानले विशाल लक्ष्य पाएको हो । यो लक्ष्य जारी लिगकै उच्च समेत हो ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’