२०७७ आश्विन १२ साेमबार, एजेन्सी । पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको दुई गोल सहयोगमा साविकको विजेता युभेन्ट्स हारबाट जोगिएको छ । १० खेलाडीमा समेटिएको युभेन्ट्सले रोमासँग २-२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
जोर्डन भेरेटाउटले ३१ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै रोमालाई सुरुवाती अग्रता दिलाएका थिए । रोनाल्डोले पनि पेनाल्टीमै ४४ औं मिनेटमा खेल बराबरीमा ल्याएका थिए । पहिलो हाफका इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा भेरेटआउटले व्यक्तिगत दोस्रो गोल गर्दै रोमालाई २-१ को अग्रता दिलाए ।
६९ औं मिनेटमा रोनाल्डोकै गोलमा युभेन्ट्स खेलमा फर्कियो । ड्यानिलोको क्रसमा रोनाल्डोले हेडमार्फत युभेन्ट्सका लागि बराबरी गोल फर्काएका थिए । एड्रियन राबोट ६२ औं मिनेटमा रातो कार्ड खादै मैदान बाहिरिएपछि युभेन्ट्स १० खेलाडीमा सिमित बनेको थियो ।
नयाँ सिजनमा पहिलो खेल जितेको युभेन्टस दोस्रो खेलमा भने बराबारीमा रोकिएको छ । त्यस्तै रोमाले भने पहिलो खेलमा हार बेहोरेको थियो । अब युभेन्टसले अर्को खेल नापोलीविरुद्ध खेल्ने छ भने रोमाले उडीनेसविरुद्ध खेल्ने छ ।
ट्रेन्डिङ
शाहिद : जाे सय फिल्ममा रिजेक्ट भएका थिए
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’