२०७७ आश्विन १२ साेमबार, एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी लेस्टर सिटीसँग ५–२ गोलले पराजित भएको छ ।
घरेलु मैदानमा यो सिजनमा पहिलो खेल खेलेको सिटीले लेस्टरसँग लज्जास्पद पराजय भोगको हो । लेस्टरको जितमा जिमी भार्डीले ह्याट्रिक गरे । जितसँगै लेस्टर लिगको शिर्ष स्थानमा उक्लिएको छ । उसले तीन खेलमा तीन जित निकालेको छ भने सिटीले दोस्रो खेलमा नै हार ब्यहोरेको छ ।
जितसँगै शीर्ष स्थानको लेस्टरले तीन खेलमा नौ अंक बनाएको छ । सन् २००५ यता म्यान्चेस्टर सिटीले पहिलो पटक घरेलु मैदानमा पाँचगोल खाएको हो । सिटीको दुई खेलमा तीन अंक छ । यस्तै लिग अन्र्तगत गएराति नै भएको अर्को खेलमा वेस्ट ह्यामले वुल्भ्सलाई ४–०तथा लीड्सले सेफिल्ड युनाइटेडलाई १–० गोल अन्तरले पराजित गरेको छ ।
त्यसैगरी टोटनह्याम र न्यूक्यासलले १–१ को बराबरी खेलेर अंक बाँडेका छन् ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
शाहिद : जाे सय फिल्ममा रिजेक्ट भएका थिए
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’