२०७७ आश्विन १३ मङ्गलबार, काठमाडौं । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टि–ट्वान्टी क्रिकेटमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुँदैछ ।
अबुधाबीमा नेपाली क्रिकेटर सन्दीप लामिछाने आबद्द दिल्ली र हैदरावाद तेस्रो खेलका लागि मैदान उत्रन लागेका हुन् ।
दिल्ली र हैदरावादबीचको खेल नेपाली समयअनुसार राति पौने ८ बजेबाट सुरु हुनेछ । खेलमा दिल्लीबाट नेपाली लेग स्पिनर लामिछानेले आजको खेल खेल्ने सम्भावना एकदम कम रहेको बताइएको छ ।
यसअघिको टिमले नै उत्कृष्ट प्रदर्शन गरिरहेको अवस्थामा सन्दीपलाई मौका दिने सम्भावना न्यून रहेको विश्लेषकहरुले बताएका छन् ।
शेख जायद स्टेडियममा मैदान उत्रँदा दिल्ली लगातार तेस्रो जितको खोजीमा हुनेछ भने हैदरावाद पहिलो जितको खोजीमा हुनेछ । हैदरावाद डेभिड वार्नरको कप्तानीमा मैदानमा उत्रिँदा दिल्लीको कमान श्रेयस ऐयरले सम्हाल्ने छन् ।
ट्रेन्डिङ
शाहिद : जाे सय फिल्ममा रिजेक्ट भएका थिए
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’