अमिताभ बच्चनको अंगदान गर्ने घोषणा

२०७७ आश्विन १४ बुधबार, काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चनले अंगदानको घोषणा गरेका छन्। अमिताभले बुधवार ट्वीटरमार्फत आफूले अंगदाता बन्ने सपथ लिएको उल्लेख गरेका छन्।

ट्वीटरमा एउटा तस्विर पोस्ट गरेका छन्। जसमा उनको कोटमा एक सानो हरियो रंगको रिबन छ। यो तस्विरलाई शेयर गर्दै अमिताभले लेखेका छन्, ‘मैले एक शपथ लिइसकेको छु कि म अर्गान डोनर हो। यो हरियो रिबन यसको पवित्रताका लागि पहिरिएको हुँ।’

अमिताभले देशमा प्राकृतिक विपत्ति वा अन्य अफ्ठेरो स्थितिमा दान गर्दै आएका छन्। यसपालि अंगदानकै घोषणा गरेका हुन्।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार