२०७७ आश्विन १४ बुधबार, एजेन्सी । अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले अक्टोबरको पहिलो साता तीन दिनेको भ्रमण शुरु गर्ने भएका छन् ।
अक्टोबर ४ देखि ८ सम्ममा उनले जापान, दक्षिण कोरिया र मंगोलियाको भ्रमण गर्ने भएको अधिकारीहरुले जनाएका छन् ।मन्त्रालयले जारी गरेको वक्तव्यमा लेखिएको छ, ‘विदेश मन्त्री पोम्पेओ जापानको टोकियो, मंगोलियाको उलानबटोर र दक्षिण कोरियाको सोल जानु हुनेछ ।’
टोकियोमा रहेका बेला उनले अष्ट्रेलिया, भारत र जापानका विदेश मन्त्रीहरुसँग अक्टोबर ६ तारिखमा भेट्ने कार्यक्रम रहेको छ । उनले उनीहरुसँग सहकार्य, एक आपसमा सहयोग आदान प्रदान र सम्बन्ध सुधार लगायतका विषयमा कुराकानी गर्ने जनाइएको छ ।
पोम्पेओले अक्टोबर ७ तारिखमा मंगोलिया र ७ र ८ तारिखमा दक्षिण कोरियाका उच्च अधिकारीहरुसँग भेटवार्ता गर्ने तय भएको अधिकारीहरुले जनाएका छन् । (रासस/एएनआई)
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक