२०७७ आश्विन १५ बिहीबार, एजेन्सी । जर्मन महारथी बायर्न म्युनिखले सुपर कपको उपाधि जितेको छ । गएराती भएको खेलमा चिरपरिचित प्रतिद्वन्दी बोरुसिया डर्टमण्डलाई ३-२ ले पराजित गर्दै बायर्नले उपाधि जितेको हो ।
बायर्नको जितमा थोमस मुलर, कोरेनटिन टोलिस्सो र जोशुआ किमिचले एक एक होल गरेका थिए भने डोर्टमण्डका लागि जुलियन ब्राण्डट र एर्लिंग हलाण्डले एक एक गोल गरेका थिए ।
लगातार उपाधि जितिरहेको बायर्नले बुण्डेसलिगा, च्याम्पियन्स लिग, युइएफए सुपर कप पछि डिएफएल सुपर कप पनि जितेको छ । जर्मन सुपर कपको यो बवौं सिजन हो । जर्मनीमा अघिल्लो सिजनमा बुण्डेसलिगाको विजेता र डिएफएल पोकलको उपाधि जित्ने टिमबीच यो सुपरकप खेल्ने गरिन्छ ।
तर दुवै प्रतियोगिता एकै टिम बायर्नले जितेकाले यस बर्ष बुण्डेसलिगाको उपविजेता डोर्टमण्डले डिएफएल सुपरकप खेलेको हो ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
शाहिद : जाे सय फिल्ममा रिजेक्ट भएका थिए
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’