रियल म्याड्रिडको जितमा भिनियिसको निर्णायक गोल

२०७७ आश्विन १५ बिहीबार, एजेन्सी । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले रियल भल्लाडोलिडलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले भल्लाडोलिडलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

रियलको जितमा भिनिसियस जुनियरले विजयी गोल गरे । रियलले नयाँ सिजनमा आफ्नो अपराजित यात्रालाई कायम राखेको छ । जितसँगै अपराजित रहेको रियलको ३ खेलबाट ७ अंक पुगेको छ ।

समान ७ अंक रहेपनि गेटाफे र भ्यालेन्सिया गोलअन्तरमा पहिलो र दोस्रो स्थानमा रहेको छ । भिल्लारियल गोल अन्तमार चौथो स्थानमा छ । पराजित भालाडोलिड २ अंकसहित १८औं स्थानमा छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार