च्याम्पियन्स लिगको ड्र सार्वजनिक, युभेन्टस र बार्सिलोना एकै समूहमा

२०७७ आश्विन १६ शुक्रबार, एजेन्सी । यस सिजनको लागि यूईएफए च्याम्पियन्स लिगको ड्र सार्वजनिक भएको छ । यूईएफएले विहिबार नयाँ सिजनको लागि समूह चरणको ड्र सार्वजनिक गरेको हो ।

सार्बजनिक भएको ड्रमा युभेन्टस र बार्सिलोना एकै समुहमा परेपछि अब रोनाल्डो भर्सेज मेसीको खेल फेरी हेर्न पाइने भएको छ । त्यस्तै पिएसजी र म्यानचेस्टर युनाइटेड समेत एकै समुहमा परेका छन् । युइएफले सिधै छनौट भएका २६ टिम र छनौट खेल खेलेर आएका ६ टिम गरि ३२ क्लबको ८ समुहको ड्र सार्बजनिक भएको छ ।

  • को-को कुन समूहमा ?
फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार