२०७७ आश्विन १७ शनिबार, काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)को आजकोे पहिलो खेलमा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई १५५ रनको लक्ष्य दिएको छ ।
युएईको अबुधावीमा भएको खेलमा टस जितेर ब्याटिङ गरेकोे राजस्थानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५४ रन बनाएको हो ।
राजस्थानका लागि जोस बटलरले २२, रोविन उथप्पाले १७, महिपाल लोम्रोरले ४७, रियान परागले १६, राहुल टेवटियाले २४ र जोफ्रा आर्चरले १६ रन जोडेका थिए ।
बलिङतर्फ विराट कोहलीको कप्तानीमा रहेको बैंगलोरका युवेन्द्र चाहलले तीन, इसुरु उडानाले २ र नवदीप सैनीले एक विकेट लिएका छन् ।
यसैबीच, बैंगलोर अहिले ब्याटिङ गरिहेको छ । उसले तीन ओभरमा एक विकेट गुमाएर २७ रन बनाएको छ ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
शाहिद : जाे सय फिल्ममा रिजेक्ट भएका थिए
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’