२०७७ आश्विन १८ आइतबार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्यलाभको कामना गरेकी छिन् ।
शनिबार एक सन्देश पठाउँदै राष्ट्रपति भण्डारीले कोरोना भाइरस (कोभिड-१९) संक्रमित ट्रम्प र उनकी पत्नी मेलानियाको शीघ्र स्वास्थ्य लाभको कामना गरेकी हुन् ।
स्वास्थ्य लाभको कामना गर्दै राष्ट्रपति भण्डारीले अमेरिकी समकक्षी ट्रम्पलाई पठाइएको सन्देशमा कोरोना भाइरस नियन्त्रणका लागि ठोस कदम आवश्यक हुनेमा जोड दिएकी छन्।
ट्रम्प दम्पत्तिको स्वास्थ्य लाभको कामना गरेसँगै राष्ट्रपति भण्डारीको सन्देशमा नेपाल र अमेरिका बीचको सम्बन्ध आगामी दिन अझ सुदृढ हुने विश्वास व्यक्त गरेकी छन् । ट्रम्प दम्पतीलाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’