आइपिएल : चेन्नईको दोस्रो जित, पन्जाब पुछारमा

२०७७ आश्विन १९ साेमबार, एजेन्सी । चेन्नई सुपर किङ्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग ( आइपिएल ) टी(ट्वान्टी क्रिकेटमा दोस्रो जित निकालेको छ ।

दुबईमा आइतबार भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई १० विकेटले पराजित गर्दै चेन्नईले दोस्रो जित निकालेको हो ।दुबई क्रिकेट मैदानमा पन्जाबले दिएको १ सय ७९ रनको लक्ष्य चेन्नईले १७ ओभर ४ बलमा बिना विकेटको क्षतिमा पुरा गर्यो ।

चेन्नईको जितमा फाप डु प्लेसिस र शेन वाट्सनले सानदार ब्याटिङ गरे । पहिलो विकेटका लागि प्लेसिस र वाट्सनले अविजित रहँदै १८१ रनको साझेदारी गरे ।प्लेसिस ५३ बलमा ११ चौका र १ छक्कासहित ८७ रनमा अविजित रहे । वाट्सनले ५३ बलमा ११ चौका र ३ छक्कासहित अविजित ८३ रन जोडे ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७८ रन बनाएको थियो । पन्जाबको लागि कप्तान केएल राहुलले ६३ रनको अर्धशतकीय इनिङ्स खेले । निकोलस पुरन ३३ रन जोड्दा आउट भए

यस्तै मन्दिप सिंहले २७ तथा मायांक अग्रवालले २६ रन बनाए । सर्फराज खान १४ रनमा अविजित रहदा गले म्याक्सवेल ११ रनमा अविजित रहे ।
चेन्नईका सार्दुल ठाकुरले २ विकेट लिए । रविन्द्र जडेजा र पियुस चावालाले एक एक विकेट लिए । जितसँगै चेन्नईले ५ खेलमा ४ अंक जोडेको छ । चेन्नई तालिकाको छैटौं स्थानमा समेत उक्लिएको छ । पन्जाबले ५ खेलमा २ अंक जोडेको छ । पन्जाब पुछारमा रहेको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार