२०७७ आश्विन १९ साेमबार, एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिडले सहज जित निकालेको छ । गएराति भएको खेलमा रियलले लेभान्टेलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
लेभान्टेको मैदानमा आइतबार राति भएको खेलमा रियललाई जिताउन ब्राजिली युवा स्टार भिनिसियस जुनिय र फ्रेन्च फरवार्ड करिम बेन्जेमाले गोल गरे । खेलको १६ औं मिनेटमा जुनियरको गोलबाट रियलले अग्रता बनाएको थियो । त्यसपछि खेलको इन्जुरी समयमा बेन्जिमाले गोल गर्दै रियललाई २-० को जित दिलाए ।
जीतसँगै रियलले रिल बेटिसलाई १ अंकले पछि पार्दै शीर्षस्थानमा उक्लिएको हो । अपराजित रहेको रियलको ४ खेलबाट १० अंक पुगेको छ । एक खेल बढी खेलेको रियल बेटिसको ९ अंक छ । पराजित लेभान्टे ३ अंकसहित १८औं स्थानमा छ ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो