साउथ स्टार अभिनेत्री तमन्ना भाटियालाई कोरोना संक्रमण

२०७७ आश्विन १९ साेमबार, एजेन्सी । बलिवुड अभिनेत्री तमन्ना भाटियालाई कोरोना संक्रमण भएको छ । केहि समय अघि आफ्ना परिवारलाई कोरोना संक्रमण भएको जानकारी दिएको अभिनेत्री तमन्नालाई कोरोना पुष्टि भएको हो ।

बाहुबली फेम अभिनेत्री तमन्ना संक्रमित भएपछि उनलाई हैदरावादस्थित अस्पतालमा भर्ना गरिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । यस अघि उनका माता पितासहित परिवारका अन्य सदस्यलाई कोरोना संक्रमण भएको थियो ।

तमन्ना कोरोना संक्रमित हुने बलिवुडकी पछिल्लो सेलिब्रेटी हुन् । यस अघि बच्चन परिवारदेखि अन्य कैयौं सेलिब्रेटी कोरोनाको चपेटामा परिसकेका छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार