ला लिगमा बार्सिलोना सेभियासँग बराबरीमा रोकियो

२०७७ आश्विन १९ साेमबार, एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले बराबरी खेलेको छ । गएराति भएको खेलमा बार्सिलोनाले सेभियासँग १-१ गोलको बराबरी खेलेको हो ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले बराबरी खेल्दै अंक बाँड्न बाध्य भएको हो । सेभियाका लुक डी जोंगले खेलको आठौ मिनेटमा गोल गर्दै सेभियालाई सुरुवाती अग्रता दिएको भएपनि त्यसको दुई मिनेटपछि नै बार्सिलोनाका लागि फिलिप कोटीन्होले गोल फर्काउदै खेल बराबरी गरेका थिए ।

यो बराबरीपछि बार्सिलोना र सेभिया दुवैको ला लिगामा तीन खेलमा २ जित र एक बराबरीसहित ७ अंक भएको छ । बार्सिलोनाले अब अर्को खेल अक्टोबर १८ मा गेटाफेविरुद्ध खेल्ने छ ।

यस्तै अर्काे खेलमा ग्रानाडाले काडिचसँग १-१ गोलको बाराबरी खेल्दै अंक बाँडेको छ । काडिचको घरेलु मैदानामा भएको खेलमा ग्रानाडाले लिएको अग्रतालाई जोगाउन नसक्दा बराबरी खेल्दै एक/एक अंक बाँडेको हो ।

बराबरीसँगै ग्रानाडाले चार खेलबाट ७ अंक जोडेको छ । काडिचको पनि चार खेलबाट ७ अंक छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार