काठमाडाैं उपत्यकामा १,६३१ सहित देशभर थपिए २ हजार ४४० संक्रमित

२०७७ आश्विन १९ साेमबार, काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४४० संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा एक हजार ६३१ सहित २ हजार ४४० जना संक्रमित थपिएका हुन् ।

आज थपिएका संक्रमितमध्ये काठमाडौंका एक हजार १७८, भक्तपुरका १०३ र ललितपुरका ३५० रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा थप एक १३३ डिस्चार्ज भएका छन् । क्वारेन्टिनमा ४ हजार ३३ रहेका छन् ।

२४४ संक्रमितको आइसीयू र ४३ जनाको भेन्टिलेटरमा उपचार चलिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्रा डा. जागेश्वर गौत्मले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार