२०७७ आश्विन २१ बुधबार, काठमाडौं । प्रसिद्ध संगीतकर्मी एडी भान हालनको निधन भएको छ । बरिष्ठ गितारवादक तथा प्रसिद्ध रक ब्याण्ड भान हालनका संस्थापक एडीको ६५ वर्षको उमेरमा क्यान्सरका कारण निधन भएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उनका छोराले निधनको पुष्टि गरेको जनाएका छन् । डच–अमेरिकन संगीतकर्मी एडी घाँटीको क्यान्सरसँग लडिरहेका थिए । उनको ब्याण्ड भान हालन जम्प गीतका लागि विश्व चर्चित छ ।
सो गीत सन् १९८४ मा अमेरिकी चार्टमा शीर्ष स्थानमा पुगेको थियो । उनका छोरा वुल्फग्याङ्गले सामाजिक सञ्जालमा पिताप्रति सम्मान प्रकट गर्दै एडी उत्कृष्ट पिता रहेको बताएका छन् ।
भान हालनको मंगलबार क्यालिफोर्निया स्थित सेन्ट जोन्स हस्पिटलमा निधन भएको हो । उनको निधनका बेला परिवारका सदस्य उपस्थित रहेका थिए ।
एडी भ्यान हालनलाई १०० महान गिटार वादकहरुको विश्व सूचीमा आठौं नम्बरमा थिए ।
ट्रेन्डिङ
शाहिद : जाे सय फिल्ममा रिजेक्ट भएका थिए
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’