पाँच महिनापछि इटालीमा एकैदिन सबैभन्दा बढी संक्रमित थपिए !

२०७७ आश्विन २२ बिहीबार, एजेन्सी । पाँच महिनापछि इटालीमा पछिल्लो २४ घन्टामा सबैभन्दा बढी काेराेना संक्रमित थपिएका छन् ।

इटालीको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा इटालीमा ३,६७८ संक्रमित भेटिएका हुन् । स्वास्थ्य मन्त्रालयको अनुसार अहिलेसम्म इटालीमा ३ लाख ३३ हजार ९४० जना संक्रमित भएका छन् ।

इटालीमा कोरोनाबाट अहिलेसम्म ३६ हाजर ६१ जनाको ज्यान गएको छ भने अहिलेसम्म २ लाख ३५ हजार ३०३ जना संक्रमण मुक्त भएका छन् । इटालीमा अहिले पनि ६२ हजार ५७६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार