२०७७ असार ६ शनिबार, एजेन्सी । रोयटर्स इन्स्टिच्युट डिजिटल न्युज रिपोर्ट सन् २०२० ले सन् २०१८ यता समाचारका लागि इन्स्टाग्राम प्रयोग गर्ने प्रवृत्ति दोबरले बढेको देखाएको हो। युवाहरूमा यो अझ बढी बलियो देखिन्छ।
उक्त अध्ययनका अनुसार यूकेका १८ देखि २४ वर्षका झण्डै एक चौथाइ व्यक्तिहरूले कोरोनाभाइरसबारे जानकारी पाउन इन्स्टाग्रामलाई समाचारको श्रोतका रूपमा प्रयोग गरेका थिए। तर सामाजिक सञ्जालहरू सबै भन्दा कम विश्वशनीय समाचार स्रोतहरू मध्येमा रहेको पनि पाइएको छ।
जम्मा २६ प्रतिशतले मात्रै कोरोनाभाइरसबारे सामाजिक सञ्जालमा शेअर गरिएका समाचारमा आफूलाई विश्वास लाग्ने बताएका थिए। फेसबुक म्यासेन्जर र अरू च्याटका लागि प्रयोग हुने एपमार्फत् शेअर गरिने समाचारमा त्यही हाराहारीको विश्वास व्यक्त गरिएको थियो।राष्ट्रिय सरकार र समाचार संस्था दुवैलाई ५९ प्रतिशतले विश्वास गरेका छन्।
सर्वेक्षणमा सहभागी भएका एक तिहाइ भन्दा धेरै व्यक्तिले इन्स्टाग्रामको प्रयोग गरिरहेका छन् र उनीहरूमध्ये दुई तिहाइको उमेर अहिले २५ वर्ष भन्दा कम छ र ११ प्रतिशतले इन्स्टाग्रामलाई समाचारको लागि प्रयोग गर्छन् जुन ट्विटरभन्दा एक अङ्कले कम हो।
‘इन्स्टाग्राम कम उमेरका व्यक्तिहरूमा माझ अझ बढी लोकप्रिय बनिरहेको छ,” उक्त अनुसन्धानका प्रमुख लेखक निक न्युमेन भन्छन् “ साधारण ढङ्गले र राम्रा तस्बिरहरूको प्रयोग गरी प्रस्तुत गरिएका कथामा उनीहरूले एकदमै राम्रो प्रतिक्रिया जनाएका छन्।”
हालकै महिनाहरूमा चर्चित र व्यापक रूपमा विचारहरू आदानप्रदान भएका त्यस्ता समाचारहरूको विषय जलवायु परिवर्तन, ब्ल्याक लाइभ्स म्याटर भनिने अमेरिकामा जारी आन्दोलन र कोरोनाभाइरस रहेको देखिएको छ। इन्स्टाग्रामको स्वामित्व सामाजिक सञ्जाल कम्पनी फेसबुकसँग रहेको छ।
४० वटा देशमा गरिएको सर्वेक्षणका क्रममा समाचार र समाचार संस्थाहरूको विश्वशनियताबारे पनि अध्ययन गरिएको थियो। जम्मा ३८ प्रतिशतले मात्रै अधिकांश अवस्थामा आफूहरूले समाचारमा विश्वास गर्ने बताएका छन्। अध्ययनमा सहभागी भएका आधा भन्दा कम अर्थात ४६ प्रतिशतले आफूले रूचाएको समाचार श्रोतमाथि विश्वास गर्ने बताएका छन्।
कोभिड-१९ को महामारीपछि समाचार संस्थाहरूको विश्वशनियतामा वृद्धि भइ त्यो ५९ प्रतिशतमा पुगेको थियो। अनुसन्धानका लेखकहरूले सञ्चारमाध्यमहरूले जनस्वास्थ्य सम्बन्धी सुझावलाई बढी प्रथमिकता दिएकाले यसो भएको विश्वास गरेका छन्।
सामाजिक सञ्जालमा विश्वशनियता कायम गर्न गाह्रो रहेको छ किनभने त्यहाँ षडयन्त्रका सिद्धान्तहरू ‘भाइरल’ हुन्छन् र त्यसकै कारणले तथ्यमा बारम्बर सम्झौता गरिन्छ। सत्य के हो भन्ने अवधारणामा नै विवाद हुन्छ।
ट्रेन्डिङ
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’