२०७७ आश्विन २२ बिहीबार, काठमाडौं । यस वर्षको बडा दशैंको विजयादशमीको टिकाको साइत नेपालमा विहान १० बजेर १९ मिनेटमा रहेको छ । कात्तिक १० गते विहान उक्त साइतमा नेपालमा बडा दशैंको टिका लगाइने भएपनि विदेशमा रहेका नेपालीहरुका हकमा समस्या पर्ने गरेको छ ।
विदेशमा रहेका नेपालीहरुले आफु जुन देशमा रहेको हो सोहि अनुरुप साइत मिलाएर बडा दशैंको विजयादशमीको टिका लगाउन सकिने अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले जनाएको छ ।
विदेशमा रहेका नेपालीहरुलाई विजयादशमीको टिका लगाउन सहज होस् भन्ने हेतूले अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले देश अनुसार टिका लगाउने साइत प्रकाशित गरिदिएको छ ।
समितिका अनुसार नेपालमा कात्तिक १० गते विहान १०ः१९ बजे विजयादशमीको टिकाको उत्तम साइत रहेको छ । भारतमा रहेका नेपालीहरुले सोहि दिन १०ः३५ बजे टिका ग्रहण गर्न सक्छन् । अमेरिकाको न्यूयोर्कमा विहान ११ः०५, केन्टुकीमा ११ः०७, टेक्सासमा ११ः५७ र क्यार्लिफोनियामा ११ः४५ बजे विजयादशमीको टिका ग्रहण गर्न सक्ने समितिका अध्यक्ष प्रा.डा. माधबप्रसाद भट्टराईले जनाएका छन् ।
यसैगरी बेलायतको लण्डनमा ११ः३९, क्यानडाको टोरन्टोमा ११ः४३ बजे टिकाको उत्तम साइत रहेको छ ।
कुन देशमा कुन समयमा छ टिकाको साइत हेर्नुहोस
ट्रेन्डिङ
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’