कतार विश्वकपमा मेसी प्रेरित अर्जेन्टिनाको विजयी शुरुवात

२०७७ आश्विन २३  शुक्रबार, काठमाडौं । कतार विश्वकप २०२२ को छनौट चरणको खेलमा दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाले विजयी शुरुवात गरेको छ ।

स्टार खेलाडी लियोनल मेसीको कप्तानीमा इक्वेटरसँग पहिलो खेलमा भिडेको अर्जेन्टिनाका लागि एक मात्र गोल कप्तान मेसीले गरे । खेलमा पहिलो हाफको १२ औं मिनेटमा मेसीले पेनाल्टी मार्फत गोल गरेका थिए । मेसी अर्जेन्टिनाका लागि लामो समयपछि टोलीमा फर्किएका हुन् ।

यता कतार विश्वकपकै दक्षिण अमेरिकी छनौट चरणको अर्को खेलमा उरुग्वे विजयी भएको छ । चिलीसँगको छनौट खेलमा उरुग्वेले २-१ को रोमान्चक जीत हासिल गरेको हो । विजयी उरुग्वेका लागि ३९ मिनेटमा लुइस स्वारेज र इन्जुरी टाइममा म्याक्सी गोमेजले गोल गरे । यस अघि चिलीका लागि एलेक्सिस साञ्चेजले ५४ औं मिनेटमा गोल गरेका थिए ।

अर्जेन्टिनाले अब ५ दिनपछि बोलिभियाको भ्रमण गर्नेछ । सोही दिन इक्वेडरले उरुग्वेसंग प्रतिस्पर्धा गर्नेछ । सन् २०१८ को विश्वकपका लागि अर्जेन्टिना तेस्रो स्थानमा रहदै छनोट भएको थियो । अर्जेन्टिना भन्दा अघि ब्राजिल र उरुग्वे रहेका थिए ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार